मनोरञ्जन

बेलबारी आइडलको अडिसन सुरु, ११ जना छानिए

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख १८
बेलबारी नगरभित्रका गायन प्रतिभाहरुको प्रतिष्पर्धामक कार्यक्रम सुर सप्तक बेलबारी आइडल २०७६ को २ ओटा अडिसन सम्पन्न भएका छन् । अडिसनबाट ११ जना अर्को राउण्डका लागि छनौट भएका छन् । बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा र स्रस्टा समाजको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बेलबारी ६ सोमबारे स्थित प्रगति बोर्डिङ स्कुलमा बुधबार भएको पहिलो अडिसनबाट वार्डनम्बर ५ र ६ बाट दुइ दूई जना छनौट भएका छन् । जम्मा १५ जना सहभागी मध्ये वार्डनम्बर ५ बाट विकास विस्वकर्मा र मनिष भुषाल छनौट भएका छन् । ६ नम्बर वार्डबाट इया राई र सुगम खत्री छनौट भएका छन् । लक्ष्मी मावि लक्ष्मीमार्गमा अर्को अडिसन भएको थियो ।सो अडिसनमार्फत वडानम्बर ८ बाट प्रेरिका गुराँगाई र बीना थापा,९ बाट यान बहादुर तामाङ,१० बाट प्रेम गुरुङ र सुजता निरौला,११ बाट रवि दाहाल र विनुका वाँस्तोला छानिएको कार्यक्रम संयोजक जेवी थुलुङले जानकारी दिनुभएको छ । वडानम्बर ७ बाट भने प्रतिष्पर्धी सहभागी नभएको आयोजकले जनाएको छ ।
अब अर्को अडिसन बेलबारी नगरपालिका स्थित हलमा वैशाख २१ गते हुँदैछ । सो अडिसनमा बेलबारी वार्डनम्बर १,२,३ र ४ का प्रतिष्पर्धीहरु सहभागी हुनेछन् । अडिसनमा संगितकर्मीहरु धु्रब वस्नेत,सञ्जिव धिमाल,शेखर थापा मगर र मेखराज कार्की निर्णायक रहनुभएको छ ।
अडिसन मार्फत सबै वार्डबाट छनौट भएका प्रतिष्पर्धीहरुलाई १ महिना सम्म प्रशिक्षण दिइने छ । त्यस पश्चात उत्कृष्ट १० छनौट गरी सार्वजनिक कार्यक्रम मार्फत प्रतिस्पर्धा गराई सुर सप्तक बेलबारी आइडल छनौट गरिने स्रस्टा समाजका सचिव तथा आइडल कार्यक्रम संयोजक जे.वि. थुलुङले जानकारी दिनुभएको छ ।
आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको फाइलन असार दोस्रो हप्ताभित्रमा गर्ने आयोजकको तयारी रहेको छ ।

Facebook Comments
Show More

Related Articles