nirantarkhabarशिक्षा-स्वास्थ्यसमाचार

केराबारी गाउँपालिकामा महिलाहरुको लागि निशुल्क स्वास्थ्य सिविर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१७ बैशाख । मोरङको केराबारी गाउँपालिकामा महिलाहरुको लागि निशुल्क स्वास्थ्य सिविर संचालन भइरहेको छ । गाउँपालिका गाउँकार्यपालिकाको कार्यलय स्वास्थ्य शाखाको आयोजनामा बैशाख १६ देखी १९ गतेसम्म बिभिन्न स्थानमा स्वास्थ्य सिविर संचालन भइरहेको हो ।

“सुरक्षित मातृत्व, केराबारी गाउपालिकाको दायित्व” नारा सहित पहिलो दिन घंघरुमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा सन्चालन भएको सिविरमा १ सय ५७ जनाले स्वास्थ्य परिक्षण गरेको गाउपालिका स्वास्थ्य शाखा प्रमुख टोम प्रसाद चौलागाईले जानकारी दिए । दोस्रो दिन मंगलबार केराबारी स्वास्थ्य चौकिमा स्वास्थ्य सिविर सन्चालन भइरहेको छ । १८ गते याङसिला स्वास्थ्य चौकि, र १९ गते संहदेवी सामुदायिक स्वास्थ्य इकाईमा सिविर सन्चालन हुने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य सिविरमा महिलाहरुको पाठेघरको मुखमा लाग्ने क्यान्सरको भि आइ ए प्रविधिबाट परिक्षण, आङ खसेका महिलाहरुको रिङ पेसरीबाट उपचार तथा पाठेघर सम्बन्धि अन्य रोगहरुको परिक्षण साथै उपचार गरिने गाउपालिका स्वास्थ्य शाखा प्रमुख चौलागाईले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles