nirantarkhabarखेलकुदसमाचार

एएफसी यू–१९ च्याम्पियन्सिप छनोटः नेपालको लगातार दोस्रो हार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१५ बैशाख । एएफसी यू–१९ च्याम्पियन्सिपको छनोट चरणमा नेपालले लगातार देस्रो हार व्यहोरेको छ । आइतबार संपन्न समूह ए को दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ४–० ले पराजित भएको हो ।
म्यानमारको मन्डलेस्थित मन्डलाथिरि रंगशालामा नेपाल पहिलो हाफमा १–० ले पछाडी परेको थियो । दोस्रो हाफमा उज्बेकिस्तानले ३ गोल थप्यो ।
प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ को फराकिलो हार बेहोरेको नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ ।
गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा नेपाल उत्कृष्ट उपविजेता बन्दै दोस्रो चरणका लागि छनोट भएको थियो । यसअघि समूहको पहिलो खेलमा अष्टेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको थियो । नेपालले अब अन्तिम खेल घरेलु टोली म्यानमारसँग खेल्नेछ ।

Facebook Comments
Show More

Related Articles