nirantarkhabarशिक्षा-स्वास्थ्यसमाचार

भोलिदेखी कक्षा १२ को बार्षिक परिक्षा, सम्पूर्ण तयारी पूरा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख १४ । भोलि आइतबारदेखि देशभर एकैसाथ कक्षा १२ को बार्षिक परिक्षा सन्चालन हुदैछ । राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।

१५ गते बिहान ७ बजेबाट सुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ५२ जना बिद्यार्थी परिक्षामा सामेल हुदैछन । त्यस्तै कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरी कुल ९ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थीको सहभागिता रहने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

वैशाख २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ । जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ । बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरेको छ ।

Facebook Comments
Show More

Related Articles