nirantarkhabarमनोरञ्जनसमाचारसमाजसाहित्य

स्रस्टा समाज बेलबारीको आयोजनामा सुर सप्तक बेलबारी आइडल हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । बैशाख १३ । मोरङको बेलबारीमा सुर सप्तक बेलबारी आइडल हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा स्रस्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडलको आयोजना गर्न लागेको हो ।

आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो उपबिजेताले नगद ५ हजार रुपैयाँ, अन्य फाइनल चरण र प्रशिक्षणमा सहभागी सबैलाई प्रशंसापत्र प्रदान गरिने आयोजक स्रस्टा समाजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कार्यक्रममा बेलबारी नगरका ११ वटै वडाबाट छनौट कार्यक्रम गरी छनौट हुने दुई दर्जन प्रतिभाहरुलाई थप १ महिनाको बन्द प्रशिक्षण दिइने र त्यस पश्चात उत्कृष्ट १० छनौट गरी सार्वजनिक कार्यक्रम मार्फत प्रतिस्पर्धा गराई सुर सप्तक बेलबारी आइडल छनौट गरिने स्रस्टा समाजका सचिव तथा आइडल कार्यक्रम संयोजक जे.वि. थुलुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

फाइनल कार्यक्रममा सहभागीले बेलबारीकै अग्रजहरुका गीत सहित अरु गित गाएर प्रतिश्पर्धा गर्नेछन ।
निर्णयको निश्पक्षतामा र कार्यक्रमको भब्यतामा पुरापुर ध्यान पु¥याइने स्रस्टा समाजका अध्यक्ष हर्कमान तामाङले बताए । बैशाख १८ र २१ गते छनौट कार्यक्रम गरिने र असारको दोस्रो हप्ताभित्र फाइनल कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments
Show More

Related Articles