समाचार

बारा र पर्सामा १४ सय ५३ घर बनाउन सेनालाई ८४ करोड ६८ लाख

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१२ बैशाख । बारा र पर्सामा हावाहुरीले भत्काएका घर निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । सरकारले बारा र पर्सामा बर्खाअघि नै सक्नेगरी पीडितका घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो ।

घर निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ बजेट दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
वैशाख ५ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा उहाँले हावाहुरीबाट भत्किएका १४ सय ५३ वटा घर सेनाले नै बनाउने बताउनुभयो । सरकारले छुट्याएको रकम अनुसार सेनाले एउटा घर बराबर ५ लाख ८२ हजार ८ सय रुपैयाँ पाएको छ ।

Facebook Comments
Show More

Related Articles