समाचार

गोठगाउँ नै प्रदेश १ को राजधानी हुनुपर्छ : सुन्दरहरैँचा नगरपालिका

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

वैशाख १०
भौगोलिक अवस्थिति,प्रसासनिक सेवा प्रवाहमा सुगमता लगायतका हिसाबले उपयुक्त स्थान रहेको भन्दै सुन्दरहरैँचा नगरपालिकाले गोठगाउँलाई प्रदेश १ को राजधानी तोक्न माग गरेको छ । नगर प्रमुख शिवप्रशाद ढकालले मंगलबार विज्ञप्ती जारी गर्दै सुन्दरहरैँचा नगरपालिका ७ र ८ मा रहेको पुर्वाञ्चल विश्व विद्यालयको ८०५ विगाहा जग्गा मध्ये ३५० विगाहा मा प्रदेश राजधानी राख्न सकिने समेत उल्लेख गरेका छन्
विज्ञप्तिमा विश्वविधालयको क्षेत्रफल भनिएको ८०५ विगाह जग्गा र संरचनाहरु रहेको गोठगाउंँ क्षेत्र सोलुदेखि इलामसम्मको मध्य भाग पर्ने तथा पुर्व पश्चिम लोकमार्गले छोएको व्यवस्थित ६ लेनको सडक सञ्जालद्वारा जोड्दा विराटनगर २० किमि इटहरी १० किमि , दमक ३० किमि मा पुग्न सकिने र तत्काल प्रदेश मन्त्रालयहरु राख्न ब्यबस्थित पार्किङ सहितको भवनहरु प्रशस्त रहेकाले गोठगाउँ नै प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क प्रस्तुत गरिएको छ ।
नगरपालिकाको वार्ड नं ७ र ८ मा अवस्थित गोठगाउंँ क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहेको ८०५ विगाह जग्गामा पुर्वाञ्चल विश्व विधालयका भवन तथा संरचनाहरु रहेका छन् । उल्लेखित विश्व विद्यालयसँग स्थानिय सरकार तथा सरोकारवालाहरुको बारम्बार अनुरोधका बाबजुद पनि सम्पुर्ण प्रशासनिक सेवा , प्राज्ञिक कार्यक्रम गोठगाउंँबाट सञ्चालन नगरेको अवस्था छ । सो विश्वविधालयका निर्मित संरचनाहरु प्रयोग बिहिन रहँदा जिर्ण र कमजोर बन्दैछन भने अर्को तर्फ प्रदेश सरकार प्रदेशको राजधानी तोक्नका लागि पुर्वाधारयुक्त स्थानको खोजीमा रहेकाले प्रदेश १ राजधानीका लागि गोठगाउँ नै उपउक्त स्थान हुने सुन्दरहरैँचा नगरपालिका लगायत ९ वटा स्थानिय सरकारहरुको पनि माग रहेको छ ।

Facebook Comments
Show More

Related Articles