nirantarkhabarसमाचारसमाज

राष्ट्र एकताको सन्देश: पैदल यात्रा पाथिभरादेखि जनकपुरधाम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल ।
बिराटचौक, १० बैशाख । धनुषा जिल्लाका एक युवा साइकल यात्रामा जनकपुर बाट ताप्लेजुङको पाथिभरा पुगेर पैदल जनकपुर फर्किएका छन । जनकपुर उपमहानगरपालिका वडा नं ४ का रन्जित कुमार शाह साइकल यात्रामा पाथिभरा सम्मको यात्रा ७ दिनमा पुरा गरी पैदल फर्किएका हुन ।

“राष्ट्र एकता, तराइ, पहाड, हिमाल हाम्रो मातृभुमि नेपाल” अभियान सन्देश बोकेर जनकपुरधाम देखी पाथिभरा मन्दिर ताप्लेजुङ सम्मको साइकलमा यात्रा संपन्न गरेर पैदलयात्रामा उनि जनकपुर फर्र्किएका छन ।
२०७५ चैत २२ गते जनकपुरबाट साइकल यात्रा सुरु गरेका रन्जितले चैत २८ गते पाथिभरा सम्मको यात्रा संपन्न गरे । हिरो रोयल साइकल पाथीभरा देवीलाई चढाएर उनि २०७५ बैशाख १ गते त्यहाँबाट पैदल यात्रामा जनकपुर फर्किए । पैदल यात्रामा जनकपुर फर्किएका रन्जित बैशाख १० गते मोरङको बिराटचौक आइपुगेका हुन । बिराटचौकमा भेटिएका रन्जितले केहि दिनमै पैदल यात्रा जनकपुरमा पुगेर टुंङ्गिने बताए ।

जनकपुरधाम बाट साइकलमा यात्रा गरेर पाथिभरा पुग्ने पहिलो ब्यक्ति रन्जित भएको पाथीभरा क्षेत्र बिकास समितिले जनाएको छ ।
रन्जित जनकपुरमा पान पसल गर्दछन । बर्षको ११ महिना पान पसल गर्ने र १ महिना बिभिन्न सन्देस दिदै यस्तै यात्रा गर्ने गरेको उनले बताए । पाथिभरा यात्रा उनको पाँचौ यात्रा हो । अघिल्ला बर्षहरुमा पशुपतिनाथ, हलेसी महाँदेव, मुक्तिनाथ, भारतको अयोध्याको यात्रा संपन्न गरिसकेको रन्जितले बताए ।

Facebook Comments
Show More

Related Articles