समाचार

पथरीमा मृत भेटीएकी युवतीको हत्या भएकाले कारवाही माग गदै स्थानियद्वारा सडक अवरुद्ध

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

वैशाख ९
मोरङको पथरीमा गत शनिबार विहान मृत भेटीएकी रुपा (रिना) वस्नेतको हत्या भएको भन्दै पथरीका स्थानिय बासिन्दाले दोषीलाई कारवाही गर्न माग गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । डेरा वस्ने घरकै नजिकै नग्न अवस्थामा मृत भेटीएकी वस्नेतको हत्या नै भएको दावी भन्दै प्रहरी भने यो घटनामा मौन बसेकाले स्थानियले दोषी पक्राउ गर्न दवाव दिएका हन् । ठुलो संख्यामा सडकमा उत्रिएका स्थानियले सडकमा टायर समेत बालेर सडक अवरोध गरेका छन् । उनीहरुले शान्तिसुरक्षा कायम गर,रिनालाई न्याय दे,नगरवासी एक हौं जस्ता नारा लगाएका थिए ।


त्यसअघि उनीहरुल्े इलाका प्रहरी कार्यालय घेराउँ गर्दै नारावाजी समेत गरेका थिए । प्रहरीले भने घटनाबारे अनुसन्धान भैरहेको र पोष्टमार्टम रिपोर्ट समेत आउन लागेकाले त्यसपछि यथार्थ पत्ता लाग्ने बताउँदै आएको छ ।
गत शुक्रबार राति पथरीमै भएको कन्सर्ट हेर्न गएकी रुपा राति डेरामा फर्किएकी थिइन् । तर शनिबार विहान रुपाको शव रहस्यमय अवस्थामा फेला परेको थियो । शरिरमा कुनै लुगा नलगाएको ,टाउको चोट लागेको र घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।

Facebook Comments
Show More

Related Articles