समाचार

आगलागी पिडितलाई नगरपालिका,बेलबारी जेसिज र स्थानिय युवाहरुको राहत

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख ८
बेलबारी ९ का आगलागी पिडित कृष्णप्रशाद भट्टराईको परिवारलाई बेलबारी जेसिज,बेलबारी नगरपालिका र बेलबारी ६ युवा अभियान फेसबुक समुहले राहत वितरण गरेका छन् । आइतबार विहान भएको आगलागीबाट भट्टराई परिवारको वासस्थान खाद्यान्न लत्ताकपडा सबै जलेर नष्ट भएपछि राहत वितरण गरिएको हो ।बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी,वार्डनम्बर ९ का वडाध्यक्ष नगेन्द्र खड्का सहितको टोलीले नगरपालिकाको तर्फबाट राहत वितरण गरेको थियो । नगरपालिकाले ग्याँस सिलिन्डर,चुल्हो,लत्ताकपडा लगायत सामग्री वितरण गरेको हो । नेपाली कांग्रेस वार्डनम्बर ९ का संयोजक शालिग्राम बस्नेत लगायत पनि राहत वितरण कार्यक्रममा उपस्थित थिए ।

बेलबारी जेसिजको समुहले भान्सा चलाउन आवश्यक पर्ने सम्पुर्ण सामग्री सहित साबुन,स्याप्पु,टुथपेस्ट ब्रस लगायत सामग्रीहरु वितरण गरेको हो । जेसिजको समुहले भट्टराई परिवारका लागि बनाइएको अस्थाई घर निर्माणका लागि श्रमदान समेत गरेको थियो । बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलाल,कार्यकारीणी उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी,उपाध्यक्ष भुवन कार्की र किशोेर गौतम,महासचिव बाबुराम श्रेष्ठ, कोषाध्यक्ष ध्रुवतारा घिमिरे लगायतको टोलीले घर निर्माण कार्यमा समेत सघाएको थियो । स्थानिय गाउँले सहितको टोलीले बाँस,टिन लगायत प्रयोग गरेर अस्थाई टहरा निर्माण गरिदिएको हो ।

विपतका बेला सहयोग गर्नुपर्छ भन्ने जेसिज भावना अनुसार पिडित परिवारलाई दैनिक जिवन सहजताका लागि राहत वितरण गरिएको खुलालले बताए । राहत वितरण कार्यक्रमको सञ्चालन कोषराज श्रेष्ठ बाबुरामले गरेका थिए ।
यस्तै बेलबारी ६ युवा अभियान फेसबुक समुहले सामाजिक सञ्जालकै माध्यमबाट खबर आदानप्रदान गरी सहयोगको आव्हान सहित रकम जम्मा गरेका थिए । संकलित रकमबाट २ वटा खाट, बस्ने टुल , इमर्जेन्सी लाइट, विद्युत मल्टीप्लग वितरण गरेको छ । समुहका युवाहरु मिलन राई,निरवहादुर तामाङ,टेकनाथ शर्मा लगायतले राहत सामग्री वितरण गरेका थिए ।
आइतबार विहान ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा टिनको छानो भएको १ तले काठे घर जलेर नष्ट भएको थियो । सो घरमा कृष्णप्रशाद भट्टराई उनकी श्रीमती, वुहारी, २ वर्षे नातिनी र ६ वर्षे नाति बस्दै आएका थिए ।

Facebook Comments
Show More

Related Articles