nirantarkhabarबिबिधसमाचारसमाज

हिन्दुजागरण नेपालको आयोजनामा वहुधार्मिक एवं वहुसांस्कृतिक कार्यक्रम हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल,
भोजपुर । बैशाख ८ । भोजपुर जिल्लाको शिद्धकाली मन्दिरमा पहिलो पटक वहुधार्मिक एवं वहुसांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । हिन्दुजागरण नेपाल जिल्ला कार्य समिति भोजपुरको आयोजना तथा श्रीहरि आध्यात्मिक गुरुकुल मनकामनाधाम तथा श्रीहरि आध्यात्मिक गुरुकुल मोरङका संस्थापक अध्यक्ष श्रीहरि लक्ष्मण गुरुको १ बर्षमा ११ महारुद्रि गराउने महान् संकल्प अनुरुप यहि २०७६ साल वैशाख २१ गतेदेखि २५ गते सम्म वहुधार्मिक एवं वहुसांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको हो ।

सम्पुर्ण जात जाति तथा भाषाभाषिहरुलाई एक शुत्रमा वाध्ने तथा विश्व शान्तिको कामना सहित शिद्धकाली मन्दिरमै पहिलो पटक वहुधार्मिक एवं वहुसांस्कृतिक कार्यक्रम गरिने भएको श्रीहरि लक्ष्मण गुरुले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा विभिन्न जातजातिहरुको झाकिसहित कलश यात्रा, लामा गुरुहरुद्वारा छोका पाठ, मुन्धुमविद हरुद्वारा मुन्धुम पाठ एवम् पण्डित गुरुहरुद्वारा महारुद्रि, ११ लाख दिपले सिद्धकाली माताको महाआरती, कथा प्रवचन भजनकिर्तन तथा भगवानको लिलामा आधारित झाकि नाटक एवम् सम्पुर्ण जातजातिको संस्कृति झल्कने झाकि नाटक आदि लगायतका कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

Facebook Comments
Show More

Related Articles