nirantarkhabarबिबिधसमाचारसमाज

स्थानीय युवाहरुको पहलमा बेलबारीकी क्यान्सर पिडित विश्नुमायालाई दिल्ली पठाइयो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । बैशाख ८ । मोरङको बेलबारी १ की क्यान्सर पिडित विश्नुमाया नेपाल धिमालाई स्थानीय युवाहरुले उपचारमा आवश्यक रकम संकलन गरेर उपचारका लागि भारतको दिल्ली पठाएका छन । क्यान्सर पिडित धिमालाई उपचारका लागि आवश्यक रकम संकलन गरेर आइतबार बिहान दिल्ली पठाइएको हो ।

बिगत २ बर्ष देखि क्यान्सरले थलिएकी धिमालको उपचार दिल्लीमा मात्र संभव भएकोले समस्या भएको थियो । स्थानीय युवाहरुले २ लाख १५ हजार ७ सय ३ रुपैयाँ सहयोग गरेका छन । स्थानीय युवाहरुको अगुवाईमा उक्त रकम संकलन गरेर क्यान्सर पिडित धिमाललाई शनिबार हस्तान्तरण गरिएको हो । उपचारका लागि आवश्यक रकमको जोहो भएपछि स्थानीय युवाहरुकै पहलमा क्यान्सर पिडित धिमाललाई दिल्ली पठाइएको छ ।

रकम संकलन गर्ने काम सजिलो छैन तर पनि युवाहरुले आवश्यक रकम संकलन गरेका छन । स्थानीय युवाहरुले स्व स्फुर्त रुपमा देश बिदेशमा रहेका ब्यक्ति तथा संस्थाहरुसँग रकम संकलन गरेको बताउनुहुन्छ अगुवा युवा केशव थापा मगर ।
ब्यक्तिगत रुपमा पिडित धिमालको घरमै गएर पनि केहि ब्यक्तिहरुले सहयोग गरेका थिए । उपचारका लागि दिल्ली गएकी क्यान्सर पिडित धिमालको दिल्लीमा सफल उपचार होस । सुभकामना ।

Facebook Comments
Show More

Related Articles