समाचार

बेलबारी ९ मा आगलागी,५० लाख बराबरका धनमाल जले

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

वैशाख ८
बेलबारी वार्डनम्बर ९ स्थित श्रीपुरमा आइतबार विहान भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कृष्णप्रशाद भट्टराइको घरमा विहान ७ बजेतिर आगलागी भएको थियो । घर भित्र रहेका केही पनि सामान निकाल्न नपाएकाले आगलागीबाट घर र घरभित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको आगलागी स्थलबाट टेकनाथ शर्माले जानकारी दिए । शर्माका अनुसार टिनको छानो भएको काठको टाँडे घरमा आगलागी भएको थियो । सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरपालिकाको दमकल आएर आगो निभाएकाले अन्य ठाउँमा आगो फैलन नपाएको उनले जानकारी दिए ।
आगलागिबाट ५० लाख मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । आगालिबाट अन्नपात, लताकपडा, पन्ध्र तोला सुन, तथा चादि सहित नगद जलेको प्रहरीले जनाएको छ । यता बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी आगलागि भएको स्थानमा पुगेर पिडत परिवारलाई भेटदै वडा अध्यक्ष नगेन्द्र खड्कालाई तत्कालनै राहतको ब्यबस्था मिलाउने प्रकृया थाल्न भनेका छन् ।

Facebook Comments
Show More

Related Articles