समाचार

युवतीको रहस्यमय हत्या र निर्वस्त्र शव ले उब्जाएको प्रश्न, आफन्तले शव उठाउन दिएनन्

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख ७
कस्मेटिक पसल गर्दैआएकी रुपा बस्नेत पथरी १ स्थित नगरपालिका दक्षिणको एक घरमा डेरा वस्दै आएकी थिइन् । श्रीमान् सन्तोस बस्नेत वैदेशिक रोजगारीमा दुवइमा छन् । १३ वर्षिय छोरा साइमनसँगै उनी डेरामा बस्थिन । डेरा नजिकै कस्मेटिक पसल पनि छ । करिब ८ वर्षभन्दा अघिबाट पथरीमा बस्दै आएकी रुपा शनिबार विहान आफ्नै डेरा बसेको घर अघि मृत फेला परिन । शरिरमा कुनै कपडा नभएको अवस्थमा टाउकोमा चोट रहेको र घोप्टो परेको अवस्थामा रुपा फेला परिन ।
रुपा राति म्युजिकल कन्सर्ट हेर्न गएकी थिइन्
शुक्रबार राती पथरीमै म्यूजिकल कन्सर्ट आयोजना भएको थियो । रुपा कन्सर्ट हेर्न पनि गएकी थिइन् । राति ११ बजे कन्सर्ट हेरेर डेरा फर्किएको बताइन्छ । १३ वर्षिय छोरा साइमनले पनि राति रुपा कोठामा आएर मोबाइल चलाउँदै बसेको र आफु निदाएको बताएका छन् ।
टाउकोको चोटले हत्याको संकेत त गरेकै छ । निर्बस्त्र भेटिएको शवले बलात्कार पनि भएको हुनसक्ने पनि जो कसैले आँकलन गर्न सक्छन् । प्रहरीले यसबारे अनुसन्धान गर्ने बताएको छ ।
प्रहरी शव पोष्टमार्टम गर्न खोजेपनि रुपाका माईती पक्षले तत्काल शव उठाउन नदिने बताएका छन् ।

पथरीमा नग्न अवस्थामा युवतीको शव भेटियो, हत्या भएको आसंका

Facebook Comments
Show More

Related Articles