समाचार

पथरीमा नग्न अवस्थामा युवतीको शव भेटियो, हत्या भएको आसंका

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

वैशाख ७
मोरङको पथरीमा शनिबार बिहान एक युवती नग्न अवस्थामा मृत फेला परेकी छिन् । तेह«थुम ओयाक्जुङ घर भै पथरी शनिश्चरे १ मा डेरा गरी बस्ने २९ वर्षिया रुपा बस्नेत मृत फेला परेकी हुन् । शरिरमा कुनैपनि लुगा नभएको अवस्थामा टाउकोमा चोट लागेको र घोप्टो परेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । विहान ६ बजेतिर शव भेटिएको र मुचुल्का गरेर शव पोष्टमार्टममा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ । तर रुपाका आफन्त र परिवार सदस्यले भने शव उठाउन नदिने बताएका छन् ।
रुपाका श्रीमान विदेशमा रहेको र १ जना छोरासँगै उनी पथरीमा डेरा बस्दै आएको प्रहरीले जनाएको छ । शुक्रबार राति पथरी १ खेलमौदानमा आयोजना भएको कन्सर्ट हेर्न भनेर उी कोठाबाट निस्किएको बताइएको छ । उनले कस्मेटिक पसल समेत गर्दै आएको र पसल नजिक शव भेटिएको थियो ।

Facebook Comments
Show More

Related Articles