nirantarkhabarसमाचार

नेपाली काँग्रेस मोरङ क्षेत्र नं ३ मा गुट–उपगुट छैन !

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । बैशाख ६ । नेपाली काँग्रेस मोरङ क्षेत्र नं ३ मा गुट–उपगुट नभएको एक कार्यक्रममा सहभागी काँग्रेस नेताहरुले बताएका छन । नेपाली काँग्रेस मोरङ क्षेत्र नं ३ ले आयोजना गरेको नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमा सहभागी नेताहरुले क्षेत्र नं ३ मा गुट–उपगुट नभएको बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस महासमिति सदस्य बसन्त भटराईले बर्तमान सरकार असफल भएको बताउनुभयो । उहाँले सरकारले जनतालाई खुसी बनाउन नसकेको बताउनुभयो । कार्यक्रममा बोल्ने नेताहरुले सरकार असफल भएको बताए ।
संघिय साँसदका उमेद्वार सुनिल शर्माको बेलबारी ४ स्थित निवासमा आयोजना गरिएको कार्यक्रममा काँग्रेस महासमिति सदस्य बसन्त भटराई, प्रदेशसभा सदस्यहरु लोक प्रसाद संग्रौला र सुयर्माराज राई, जिल्ला सचिव मोदराज घिमिरे, पुर्व जिल्ला सचिव संजय भटराई, प्रदेशसभा उमेद्वार ललित श्रेष्ठ, सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल लगायत १ हजार नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

क्षेत्रिय सभापति गणेश खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

Facebook Comments
Show More

Related Articles