समाचार

बम डिस्पोज गर्दा सेनाका नायक घाइते

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख ५

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक धर्मबहादुर थापा घाइते भएका छन्।

डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेनाकै बारुद पड्किदा थापा घाइते भएका हुन् । उनको हातका औंलाहरू चुँडिएका छन्।

नदीपुरमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो। त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलीका सदस्य कालिभञ्जन गण रत्नमन्दिरमा कार्यरत थापा घाइते भएका हुन्।

उनको हातमा चोट लागेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले जानकारी दिए। घाइते थापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments
Show More

Related Articles