समाचार

सुन्दरहरैँचामा भेटिएको संकास्पद वस्तु वम होइन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख ५
पुर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा आज विहिबार विहान भेटिएको संकास्पद वस्तु बम नभै मानिस तर्साउन राखिएका केही थोत्रा सामान मात्रै रहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको दिन फेला परेको सो वस्तु वम भएको हुनसक्ने आसंकाले सर्वसाधारण त्रसित बनेका थिए । तर नेपाली सेनाको वम डिस्पोजल टोली आएर हेर्दा विष्फोट हुने कुनै वस्तु फेला नपारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले जानकारी दिएका छन् । थोत्रो कुकर भित्र भात लगायत केही वस्तु फेला परेको र सेनाको टोलीले ती वस्तु हटाइसकेको राइले जानकारी दिएका छन् ।पुर्बपश्चिम राजमार्गमा कुकर सहितको शंकास्पद बस्तु भेटिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको थियो ।

 

Facebook Comments
Show More

Related Articles