nirantarkhabarखेलकुदसमाचार

नेपालले ओमानलाई १५० रनले हरायो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख ३ । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेको छ । मंगलबार मलेसियाको सिंलगार टर्फ क्लबमा भएको खेलमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७५ रन बनाएका थिए । त्यस्तै प्रतीष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५, रित गौतमले १० रन बनाए । पुछारमा ब्याटिङका लागि आएका प्रतीष जिसीले विस्फोटक ब्याटिङ गर्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पु¥याएका हुन । १७६ रनमा आठ विकेट गुमाइसकेको अवस्थामा उनी मैदानमा प्रवेश गरेका थिए । लगत्तै नेपालले कमलसिंह ऐरीका रुपमा अर्को विकेट गुमायो । १७८ रन बनाउँदा नौ विकेट गुमाइसकेको अवस्थामा जिसीले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ४१ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको ओमनका लागि अमनप्रित सिराह र जील टन्नाले १३–१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
नेपालका लागि पवन शराफले कसिलो बलिङ गर्दै १० ओभरमा २४ रन दिएर तीन विकेट लिए । १० ओभर नै बलिङ गरेका कुशल मल्लले १२ रन दिएर एक विकेट लिए । प्रतीष जिसी र सूर्य तामाङले दुई–दुई विकेट लिए ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दा दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो । तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले आफ्नो अन्तिम खेल विहिवार कुवेतसँग खेल्ने छ । बिहिवारनै यूएई र ओमान भिड्ने छन । ओमान विजयी भएको खण्डमा नेट रन रेटले यूएई लाईपछि पार्दै नेपाल विश्वकपको लागि छनोट हुन सक्ने अंकगणीतिय संभावना रहेको छ ।

Facebook Comments
Show More

Related Articles