nirantarkhabarशिक्षा-स्वास्थ्यसमाचार

बेलबारीका बिद्यालयहरुमा पनि विद्यार्थी भर्ना अभियान सुरु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल ।
३ बैशाख । देशैभर जारी रहेको विद्यार्थी भर्ना अभियान मोरङको बेलबारीमा पनि सुरु भएको छ । बेलबारीका बिद्यालयहरुले पनि शैक्षिक सत्र २०७६ का लागि विद्यार्थी भर्ना अभियान सन्चालन गरेका हुन ।

बेलबारी १ मा रहेको जनाता माद्यामिक बिद्यालयले मंगलबारबाट भर्ना अभियान सुरु गरेको छ । बिद्यालय ब्यबस्थापन समिति सदस्य, शिक्षक र अभिभावक सहितको टोली घरदैलो अभियानमा लागेको छ । बिद्यायलय बाहिर रहेका न्युनतम ६० जना बिद्यार्थीलाई यस पटक भर्ना अभियानले समेट्ने उद्देश्यले अभियान सुरु गरिएको जनता मा.वि. ब्यबस्थापन समिति अध्यक्ष शिव बरालले बताउनुभयो । १५ गते सम्म अभियान जारी रहने बिद्यालयले जनाएको छ ।

बेलबारी २ लालभित्तिमा रहेको कबिर माद्यमिक बिद्यालयले भने ८ गतेसम्मपनि भर्ना नहुने बालबालिकाहरुलाई लक्षित गरि घरदैलो अभियान गर्ने जनाएको छ । बिद्यालयले भर्ना खुल्ला गरेको र बैशाख ८ गतेसम्म पनि भर्ना नभएका बालबालिकाहरुको घरदैलोमा पुगेर अभियान सन्चालन गर्ने प्रधानाध्यापक दुर्गा प्रसाद गौतमले जानकारी दिनुभयो ।

बेलबारी ५ मा रहेको धनपाल माद्यमिक बिद्यालयले पनि बिभिन्न स्थानहरुमा पर्चा पम्लेट, ब्यानर राखेर भर्ना अभियान सुरु गरेको छ । बिद्यालयले घरदैलो अभियान भने आउदो शुक्रबार बस्ने बिद्यालय व्यबस्थपन समितिको बैठकले तय गर्ने बिद्यालयका प्रधानाध्यापक कौशल कुमार सिंह राईले बताउनुभयो ।

विद्यार्थी भर्ना अभियान २०७६ को आदर्श वाक्य “हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔँ” रहेको छ । विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानकै रूपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रूपमा नेपालमा विसं २०६१ देखि प्रत्येक वर्ष वैशाखदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै आएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख १६ गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । खासगरी २०६१ सालदेखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments
Show More

Related Articles