nirantarkhabarखेलकुदसमाचार

नेपालले मलेसियालाई आठ विकेटले हरायो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख २ । आईसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको थियो ।
आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको मलेसिया ३३.५ ओभरमा ९२ रनमा समेटियो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए । मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे । यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन । ९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो । ४२ रन हुँदा नेपालका ओपनर पवन सर्राफ ब्यक्तिगत १९ रनमा आउट भए ।

उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षाको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएको थियो । नेपालले आफ्नो चौथो खेल मंंगलबार ओमानसँग खेल्ने छ ।

Facebook Comments
Show More

Related Articles