समाचारसमाज

अवैध हात हतियार सहित चोरी शिकारीमा संलग्न एक जना पक्राउ

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी, बैशाख १/ मोरङको बेलबारी स्थीत बेलबारी चिसाङ साझेदारी वन क्षेत्रबाट अवैध रुपमा चोरी शिकारीमा संलग्न एक जनालाई पक्राउ गरीएको छ ।


बेलबारी १० भाउन्नेका मछिन्द्र बहादुर मगरलाई पक्राउ गरीएको हो । उनको साथबाट एक थान लोड गरीएको भरुवा बन्दुक, दुई थान गोली, एउटा मोबाईल , दुई बट्टा बारुद र बन्दुकमा प्रयोग गरीने केप समेत बरामद गरीएको छ ।
पछिल्लो समय चोरी शिकारी बढ्दै गएपछि स्वीप अपरेशन जारी गरीएको छ । यसै क्रममा उनलाई पक्राउ गरीएको हो ।


शसस्त्र वन रक्षकका जम्दार गिरी बहादुर मगरको नेतृत्वमा रहेको टोलीले शिकार गर्न तयारी गरीरहेका उनलाई वन क्षेत्रबाटै पक्राउ गरेको हो । मगर विरुद्द चोरी शिकारी , हतियार खर खजाना सम्बन्धी मुद्धा दायर गरीने बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापनका संयोजक दिनेश गिरीले जानकारी दिनुभयो । सो मुद्धामा १० बर्ष सम्म जेल सजाय हुने प्रावधान छ ।

Facebook Comments
Show More

Related Articles