समाचार

लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु भएको पुष्टि

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख १

लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । अरु चारजना घाइते भएका छन् ।

घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेकाे समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको ज्यान गएको हो ।

अर्का एकजना प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाण्डौ ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles