खेलकुद

जेसिज अन्तरशाखा ब्याडमिन्टनमा बेलबारी जेसिज प्रथम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत २९
सुन्दरहरैँचामा भएको जेसिज अन्तरशाखा व्याडमिन्टन प्रतियोगितामा बेलबारी जेसिज प्रथम भएको छ । नेपाल जेसिज एरिया ए अन्तरगतका शाखाहरु बिच शुक्रबार भएको प्रतियोगितामा बेलबारी जेसिजले जनकपुर जेसिजलाई पराजित गर्दै प्रथम भएको हो । दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्ट ग्राममा भएको प्रतियोगितामा बेलबारी जेसिजका तर्फबाट संस्थापक अध्यक्ष जेसी माधवराज थापा र वर्ष २०१९ का अतिरिक्त क्रियाकलाप संयोजक जेसी विकास श्रेष्ठ सहभागी थिए । मलंगवा पुर्वका एरिया ए अन्तर्गतका ३६ मध्ये १४ वटा शाखाले प्रतियोगितामा भाग लिएका बेलबारी जेसिज वर्ष २०१९ का कार्यकारीणी उपाध्यक्ष जेसी राजेन्द्रबहादुर अधिकारीले जानकारी दिए । विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिने छ । प्रथम हुनेले १५ हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता इन्द्रपुर जेसिजको आयोजनामा भएको थियो । सिनेटर जेसी भोलेश्वर दुलालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


यसैविच नेपाल जेसिजको आयोजनामा शनिबार सुन्दरहरैँचामा नेपाल जेसिज एरिया ए अन्तर्गतका शाखाहरुको पे्रेसीडेन्ट मिट हुँदैछ । कार्यक्रमलाई सम्बोधन गर्न नेपाल विद्युत प्राधीकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आउने पनि अधिकारीले जानकारी दिएका छन् । शनिबार विहान हुने कार्यक्रममा ३६ वटा जेसिज शाखा सहभागी हुनेछन् ।

Facebook Comments
Show More

Related Articles