समाचार

बेलबारीका प्रसासकिय अधिकृत दाहालको सुन्दरहरैँचा नगरपालिकामा सरुवा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत २९
बेलबारी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गणेशप्रशाद दाहालको सुन्दरहरैँचा नगरपालिकामा सरुवा भएको छ । विगत १ महिना अघिदेखि सुन्दरहरैँचामा प्रमुख प्रसासकिय अधिकृत पद रिक्त रहेको थियो । रिक्त पदमा अब छिमेकी नगरपालिकामा सोही जिम्मेवारी सम्हाल्दै आएका दाहाल सुन्दरहरैँचा जाने भएका हुन् । संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका अनुसार कर्मचारी समायोजन ऐन २०७५ र स्थानिय सरकार सञ्चालन ऐन २०७४ को अधिनमा रही सुन्दरहरैँचा नगरपालिकामा खटाइएको हो । चैत २९ गतेको सचिवस्तरको निर्णय बमोजिम भन्दै मन्त्रालयले दाहाललाई पत्र समेत पठाइसकेको छ । पत्रको वोधार्थ बेलबारी नगरपालिका,सुन्दरहैचा नगरपालिका,जिल्ला समन्वय समिति मोरङ लगायतलाई दिईएको छ ।


सुन्दरहरैँचा नगरपालिकाका तत्कालिन प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र भट्टराईको करिब १ महिना अघि सरुवा भएपछि नगरको प्रसासनिक काममा समस्या हुँदै आएको कर्मचारी तथा सेवाग्राहीको गुनासो रहने गरेको थियो । यसैविचमा केहीदिन अघिदेखि जिल्ला समन्वय समिति मोरङका रविन्द्रप्रशाद वस्ती सहजताका लागि सुन्दरहरैँचा नगरपालिकामा आउने गरेका छन् ।वस्तीले हप्तामा ३ सुन्दरहरैँचा नगरपालिकामा समय दिँदै आएका छन् ।

Facebook Comments
Show More

Related Articles