nirantarkhabarखेलकुदसमाचार

यू–१९ विश्वकप एसिया छनोट: नेपालद्वारा सिंगापुर पराजित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

यू–१९ विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरलाई पराजित गरेको छ । सिंगापुरलाई २ सय १७ रनले हराउदै नेपालले यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा जितका साथ प्रतियोगिता सुरु गरेको छ ।
शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाएका थिए ।
जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो ।
सिंगापुरलाई सस्तोमै समेट्न पवन शर्राफले तीन विकेट लिए । ६ ओभर बलिङ गरेका उनले मात्र पाँच रन दिएका थिए । त्यस्तै कुशल मल्ल र सुर्य तामाङले दुई–दुई विकेट लिए । रशिद खानले एक विकेट हात पारे । कसिलो बलिङ गरेका नेपाली बलरहरुले १२ ओभर मेडन राखेका थिए । पवन शर्राफ एक्लैले पाँच ओभर मेडन राखे । कुशल मल्लले तीन, सुर्य तामाङले दुई र रशिद खान तथा सागर ढकालले एक–एक ओभर मेडन राखे ।
सिंगापुरका लागि इशान सवनेले २८ र साइ भेनुगोपालले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

Facebook Comments
Show More

Related Articles