खेलकुदसमाचार

नेपालमा पब्जी खेल प्रतिबन्ध

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२८ चैत, काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइएको जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता अर्यालले जानकारी दिए ।

पब्जी खेल विश्वको धेरै देशमा खेलिने खेल हो । अनलाइन मार्फत खेलिने यो खेल धेरै युवाहरुको आकर्षण बनेको छ । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

Facebook Comments
Show More

Related Articles