बिबिधसमाचारसाहित्य

सिसौली सिमसारमा साहित्य परिक्रमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।
मोरङको बेलबारीमा रहेको बेलबारी साहित्य विकास समितिले सिसौली सिमसारमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिना एउटा साहित्य परिक्रमा संपन्न गर्दै आएको साहित्य बिकास समितिले बुधबार बेलबारी–१ मा अवस्थित पर्यटकिय स्थल सिसौली सिमसारमा संपन्न गरेको हो ।

कार्यक्रम स्थलमै रहेर सहभागि सर्जकहरुले बेलबारी नगरपालिका भित्र रहेको सुन्दर तथा जैविक विविधताको अनुपम संगम सिसौली सिमसारको बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा बेलबारी नगर उप–प्रमुख ढाका कुमारी पराजुली, बेलबारी वडा नं १ अध्यक्ष चक्र खुलाल, स्थानीय साहित्यकारहरु धनजीत पराजुली, रमेश तामाङ, जेवी थुलुङ, तिला लेकाली, बादल राई, बलराम पोखरेल लगायत २ दर्जन साहित्यकारहरुको उपस्थिति रहेको थियो । सहभागि सर्जकहरुले पर्यटकिय स्थल सिसौली सिमसारको बिषयमा सिर्जना गरिएका रचनाहरु वाचन गरेका हुन ।

लेखन तथा वाचन क्षमताको बिकासका साथै ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रको प्रचारप्रसार पनि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदीले बताइन । ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रमा गरिने अभियान अब निरन्तर रुपमा प्रत्येक महिनाको १ पटक आयोजना गर्ने सुवेदीले बताइन ।

साहित्य परिक्रमा कार्यक्रम सुरु गरेको बेलबारी साहित्य विकास समितिले यसअघि बेतना सिमसार र धनपालगढि, रमितेडाँडा लगायतका पर्यटकिय तथा धार्मिक स्थलमा समेत कार्यक्रम संपन्न गरिसकेको छ ।

Facebook Comments
Show More

Related Articles