nirantarkhabarखेलकुदसमाचार

बेलबारी नगरपालिका इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । बेलबारी नगरपालिका इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार पथरीशनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गर्दै बेलबारी सेमीफाइनलमा प्रवेश गरेको हो ।

खेलमा बेलबारी नगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै १ सय ७२ रनको योगफल बनाएको थियो । निर्धारित १८ ओभरको खेलमा ८ विकेटको क्षतिमा बेलबारीले १ सय ७२ रन बनाएको हो । १सय ७३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको पथरीशनिश्चरे नगरपालिका ६ विकेट गुमाउँदै १ सय १० रनमा समेटियो ।

मंगलबार बेलबारीले सेमिफाइनलमा इटहरी उपमहानगरपालिकाको सामना गर्ने आयोजकले जनाएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिता चैत २७ गतेसम्म चल्ने छ । इटहरी–९ स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता इटहरी उपमहानगरपालिकाको संयोजनमा सन्चालन भएको हो ।

बिजेता टीमले नगद ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १ नम्बर प्रदेशका ८ वटा टिम सहभागी छन् ।

Facebook Comments
Show More

Related Articles