nirantarkhabarबिबिधशिक्षा-स्वास्थ्यसमाचार

सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प, बिरामीले उपचार पाएनन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाण्डौ । सहमति विपरीत सरकारले समायोजनको सूची प्रकाशित गरेपछि आन्दोलित सरकारी डाक्टरहरु र सरकारबिच अझै वार्ता हुन सकेको छैन । समायोजनमा असन्तुष्टि जनाउँदै डाक्टरले गएको शुक्रबारदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प हुँदा हजारौँ बिरामीले उपचार पाएका छैनन् ।

आफूहरूलाई संघ अन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मागसहित आन्दोलन गरेका सरकारी डाक्टरको माग पूरा गर्नेतर्फ सरकारले बेवास्ता गरेको सरकारी चिकित्सक सघं (गोदान)का अध्यक्ष दीपेन्द्र पाण्डेले बताउनुभयो ।
आन्दोलनका कारण देशभर रहेका सरकारी अस्पतालमा आकस्मिक बाहेकका पूर्व्निर्धारीत शल्यक्रिया, विभिन्न खालका विषेश परीक्षण समेत नहुँदा आर्थिक अवस्था कमजोर भएका र टाढाबाट उपचारका लागि अस्पताल आएका बिरामी मर्कामा परेका छन् । धेरैजसो विरामी महंगो शुल्क तिरेरै भए पनि निजी अस्पताल वा क्लिनिकमा धाइरहेका छन् ।

सरकारी डाक्टर आफूहरुका माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउँछन् । उनीहरुले आन्दोलनमा लागेको समयको तलब भत्ता समेत नलिने निर्णय गरेका सरकारी चिकित्सक संघका अध्यक्ष पाण्डेले बताउनुभयो । देशभर झण्डै १४ सय सरकारी डाक्टर कार्यरत छन् ।

Facebook Comments
Show More

Related Articles