समाचार

हावाहुरी पिडितलाई बेलबारीको राहत

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत २४

गत चैत १७ गते आएको विनासकारी हावा हुन्डरीबाट विस्थापित भएका बाराका पिडित परिवारलाई बेलबारी बाट गएको एक टोलीले राहत वितरण गरको छ । हावाहुन्डरीबाट आफन्त तथा बासस्थान समेत गुमाएका ६५ भन्दा बढि परिवारलाई बेलबारीको टोलीले राहत बाँडेको हो । उद्योग वाणिज्य संघ बेलबारी,बेलबारी जेसिज सहित विभिन्न सामुदायिक वन एवम् अन्य संघसंस्थाहरुबाट संकलित राहत बारा को फेटा गाउपालिका वार्ड नम्बर १ र २ मा वितरण गरिएको बेलबारी जेसिजले जनाएको छ । अधिकांस दलित परिवार को बसोबास रहेको वस्तीमा प्रती परिवार ५ हजार रुपैयाँ बराबर का भाँडावर्तन तथा सोलार र बिजुली बाट चार्ज हुने लाइट ६५ परिवार लाइ वितरण गरिएको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले जानकारी दिनुभयो । खाद्यान सामग्रीहरु धेरै भएपनि पकाउने भाँडावर्तन र खाने थालहरुको समेत अभाव रहेको बुझेपछि पकाउने भाँडा,कराई,डाडु पन्यु, थाल लगायत भान्सामा प्रयोग हुने सामानहरु वितरण गरिएको खुलालले बताउनुभयो । विद्युत अवरुद्ध भएको र विद्युत आपुर्ती हुन पनि समय लाग्ने अवस्था रहेकाले उज्यालोका लागि टोलीले लाइटहरु पनि वितरण गरेको थियो । टोलीले मृतकका परिवारलाइ नगद समेत प्रदान गरेको थियो ।

 

Facebook Comments
Show More

Related Articles