nirantarkhabarसमाचार

झापामा चट्याङले एकको मृत्यु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

झापा । झापामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर घाइते भएका मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको उपचारको क्रममा ओमसाई अस्पतालमा ज्यान गएको हो ।

सनिबार बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर राउत घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएका छन । घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles