शिक्षा-स्वास्थ्यसमाचार

बेलबारी ९ मा स्वास्थ्य शिविर ४ सय भन्दा धेरैकाे उपचार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत २०

बेलबारी नगरपालिका वडा नम्बर ९को आयोजनामा भएको स्वास्थ्य  शिविरमा साढे ४ सय भन्दा वढिले सेवा लिएका छन । बुधवार डाँगिहाट स्वास्थ चौकिको भवनमा गरेको शिविरमा ४ सय ९० जनाले सेवा लिएका छन । जस मध्ये हाडजोर्निका विरामि धेरै छन् । ४० बर्ष भन्दा माथि उमेर समुहका मानिसहरुमा हाडजोर्निको समय भेटिएको शिविरमा खटिएका स्वास्थ्य कर्मीहरुले बताएका छन । स्वास्थ्य कर्मीहरुका अनुसार छाला, हाडजोर्नी र स्त्री रोग,वालरोग,गाईनो,न्यूरो,नाक कान घाटी, लगायतका विरामीको उपचार गरीएको छ । निशुल्क औषधि सहित भिडियो एक्सरे,ल्यावसेवा समेत संचालन गरीएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । वि  एन्ड सि अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा शिविर गरीएको हो । उत्त शिविरको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जनप्रतिनिधि आएपछि अहिले सम्म विभिन्न शिविरका माध्यमबाट १५ हजार भन्दा वढिले सेवा पाएको बताएका छन । उनले नगरपालिकाले प्रत्येक वडामा विभिन्न प्रकारका शिविरहरु संचालन गरेको जनाएका छन। ।

Facebook Comments
Show More

Related Articles