बिबिधसमाचारसमाज

अमना सिशौलिले जेष्ठ नागरिक समाजलाई दियो कुर्सी र दराज

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी, चैत २० । मोरङको बेलबारीमा रहेको अमना सिशौलि सामुदायिक वन उपभोक्ता समुहले जेष्ठ नागरिक समाज बेलबारीलाई जिन्सी सामान सहयोग गरेको छ । बुधबार जेष्ठ नागरिक समाजको भवनमा एक कार्यक्रमको आयोजना गरि वन समुहले १२ थान प्लास्टिकका कुर्सी र १ थान स्टिल दराज प्रदान गरेको हो ।

८ सय ५० रुपैयाँ गोटाका दरले १० हजार २ सयको प्लास्टिकका कुर्सी र ११ हजार मुल्य बराबरको स्टिल दराज गरी जम्मा २१ हजार २ मुल्य बराबरको जिन्सी सामान प्रदान गरेको अमना सिशौलि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लिला प्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रममा वन समुहका अध्यक्ष आचार्य, उपाध्यक्ष रामहरी कोइराला, सचिव बिन्दुकला गुरुङ लगायत कार्यसमिति सदस्य र जेष्ठ नागरिक सन्चालन समिति अध्यक्ष हस्त बहादुर खुलाल लगायत सदस्यहरुको उपस्थितिमा उक्त जिन्सी सामान हस्तान्तरण गरिएको थियो ।

वनका अध्यक्ष आचार्यले कार्यक्रममा बोल्दै आगामी बर्षहरुमा पनि यस्तो सहयोग थप गर्दै जाने बताएका थिए । चालु आर्थिक बर्ष २०७५÷०७६ अन्तर्गत समुहको बिकास शिर्षक अन्तर्गत जिन्सी सामान बितरण गरिएको वनले जनाएको छ । बिभिन्न संघसंस्था, बिद्यालय, पैनी लगायतका सामाजिक कार्यमा सहयोग गर्दै आएको वनका अध्यक्ष आचार्यले वताए ।

Facebook Comments
Show More

Related Articles