nirantarkhabarबिबिधशिक्षा-स्वास्थ्यसमाचार

रद्द एसईई चैत २२ देखि

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत १८ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि रद्द भएको एसईई परीक्षा यही चैत २२ गते शुक्रबारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश २ कोे एसईईको परीक्षा यही चैत २२ गते शुक्रबारदेखि २९ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

परीक्षा बोर्डको सोमबार बसेको बैठकले आगामी २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । जसअन्तर्गत प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा २२ गते र सामाजिक विषयको परीक्षा २३ गते सञ्चालन हुने भएको उहाँले जानकारी दिनुभयो ।

अन्य विषयहरुमध्ये २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, २५ गते वेद विषय र २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुने सञ्चालन हुनेछ ।
प्रदेश नं २ मा लगातार प्रश्न पत्र बाहिरिन थालेपछि गएको शुक्रबार सरकारले परिक्षा रद्ध गरेको थियो ।

Facebook Comments
Show More

Related Articles