बिचार/दृष्टिकोणबिबिधशिक्षा-स्वास्थ्य

सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापकहरूका निराशा – वौद्धिक क्षतिको सम्भावना

त्यसवेला पनि सरकारले केहि गदैन । हेर्नुहोस् त प्राध्यापकको विजोग । थोरै आशा छ, धेरै निराशा ।

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

नरप्रसाद (एन.पी.) भण्डारी
सुकुना बहुमुखी क्याम्पस

निराश जनता खतरनाक हुन्छन् । यो भनाई मेरो होइन । प्रधानमन्त्रीले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्दै गर्दा भनिएको भनाइ हो । अहिले नेपाली जनतामा निकै निराशा थोरै आशा पनि छ । अब भन्नुहोस् कर्मचारी निराश भयो भने के हुन्छ ? कलेजमा पढाउने प्राध्यापक निराश भए भने के हुन्छ ? वौद्धिक जनशक्ति कम छ । त्यसमाथि पनि भएको यो थोरै बौद्धिक जनशक्ति निराश भयो भने के हुन्छ ? प्रसङ्ग सुकुना बहुमुखी क्याम्पसको हो । यो क्याम्पस प्रदेश नं.१. को गुणस्तर सुनिस्चितता प्रत्यायन (QAA) प्राप्त गर्दै चम्केको क्याम्पस हो । प्रतिस्पर्धामा वरपरका भन्दा अव्वल बन्नु उसको विशेषता बनिसकेको थियो र छ पनि ।
यसको स्थापना सुकना माध्यमिक विद्यालयबाट भएको थियो । यो कुरा यो क्याम्पसको सन्दभर्भमा कसैले भुल्न चाहेर पनि भुल्न सक्दैन । यस प्रकारको इतिहास प्रायजसो सबै सामुदायिक कलेजहरूको (सञ्चालन खर्च, भौतिक निर्माण आदि खर्चबाट उब्रेको त्यो पनि समुदायले निर्णय गरी दिएको सेवा सुविधा पाउने कलेज हो र समुदायबाट नै कलेज चलेको छ । यस्ता र यसरी चलेका नेपालमा सयाँै कलेजहरू छन् । यस प्रकारका कलेज कुनै दुखले चलेका छन्, कुनै फस्टाएकाजस्ता छन् भने कुनै टाट पल्टेका पनि छन् । विद्यालयसँगको सम्बन्ध बिग्रेर जिंग्राएका पनि कलेज छन् । तर नेपालका कुनै पनि सामुदायिक क्याम्पस सरकारी ढिकुटीबाट चलेका छैनन् । यसको मतलव सरकारले यस्ता कलेजलाई सामुदायिक समेत भन्दैन । नीजि संस्थाको रुपमा व्यावहार गरिरहेको छ । बरु उल्टै सम्बन्धन शुल्क सरकारले क्याम्पसहरूबाट उठाइरहेको छ । त्यसैले यस्ता क्याम्पस सरकारसँग र विश्वविद्यालयसँग खुसी छैनन् । नाफा नबाड्ने, जनसमुदायले निर्धारण गरेको पारिश्रमिक मात्र प्राध्यापकलाई उपलब्ध गराउने, जनताको स्वामित्वमा रहने, जनताले स्थापना गरेको कलेजलाई किन एकपैसा पनि नदिएको त ? यो कुरा सबैलाई थाहा छैन त्यसैले सर्बसाधारणमा पर्न गएको पहिलो भ्रम हो कि सुकुना क्याम्पस त सरकारी कलेज पो हो त । यो कुरा विल्कुल गलत हो । यो कुरा प्रष्टसँग नबुझ्दा दोहोरो सुविधा लिएको भन्ने आरोप सत्य जस्तै लाग्छ । र एउटै सरकारी ढिकुटीबाट पो खाँदा रहेछन् त भन्ने बुझिन गयो । यो भ्रम नै मूल भ्रम हो ।


सत्य के हो भने यो क्याम्पसले गुणस्तरीय शिक्षा दिँदैछ भनेर विश्वविद्यालय अनुदान आयोगले पुरस्कार स्वरुप प्रमाणपत्र दिएको छ त्यसैको नाम हो “गुणस्तर सुनिस्चितता प्रत्यायन (QAA)” । त्यसैले यो क्याम्पस सुन्दरहरैँचाको र पूर्वकै गौरव हो र QAA उपहार हो । QAA को अन्तर्राष्ट्रिय महत्व पनि छ । यो विद्यार्थीका लागि पनि उत्तिकै गौरव हो र उसले प्राप्त गर्ने सर्टिपिकेटमा समेत दर्ज हुने गुणस्तर चिन्ह हो यो QAA।
यहि गुणको स्तर प्राप्त गरेका कारण विश्व वैङ्कमार्फत भौतिक निर्माण तथा विद्यार्थी कल्याण, छात्रवृत्तिमा मात्र खर्च गर्न पाइने गरी क्याम्पसलाई केहि सहयोग उपलब्ध हुन्छ । यसबाट ठूलै सङ्ख्यामा विद्यार्थीले छात्रवृत्ति पाइरहेका छन् र क्याम्पसको भौतिक उन्नतिमा लगाइको छ । यो कुरा देख्न र क्याम्पसले सार्वजनिक गरेका डकुमेण्टमा हेर्न सकिन्छ ।
प्राध्यापकले के पाउछन् त ? भन्ने लाग्न सक्छ । उनीहरूले विश्वविद्यालय अनुदान आयोगबाट अनुदानमा पाएको रकम तलवका रुपमा खान पाउँदैनन् । प्राध्यापकको वृत्तिविकासमा लगाउन भने पाइन्छ । उसको पढाउने कलाको स्तर उकास्ने कार्यमा लगाउन पाइन्छ, शिक्षण सिकाइमा लगाउन पनि पाइन्छ र अनुसन्धानमा पनि लगाउन पाइन्छ । विश्वविद्यालय अनुदान आयोगलाई यी सबै कार्यको फेहरिस्त नबुझाउँदासम्म अर्को पटक अनुदान पाइँदैन । उसले कडाइकासाथ कार्यक्रम लागू गरेको छ ।
दोस्रो सत्य कुरा के हो भने QAA प्रमाणपत्र पाए पछि क्याम्पसलाई विश्वविद्यालयले निकै विश्वास गरेको छ । पछिल्लो समयमा हामीलाई भनिरहेको छ — सक्छौ भने आफ्नै माग अनुुसारको कार्यक्रम चलाऊ । यो कार्यक्रमलाई एकेडेमी अटोनोमी अर्थात स्वात्तताको कार्यक्रम भनिन्छ । यो त क्याम्पसको प्रगतिको कुरा हो तर पछिल्ला घट्नाक्रमले यी कार्यक्रममा ठूलै धक्का लगाइसकेको छ । तपाईँले आफूलाई निक्कै जिम्मेवार छु भनेर ठान्नु भएको होला, तर त्यस्तो होइन अब तपाईँ,हामी, समाज र विद्यार्थी सबै फस्दैछाँै एउटा नराम्रो हल्लाको भुमरीमा । यहि कारणले हामी निराश बन्दैछौँ । सबै निराश बन्दैछौँ । प्राध्यापन मानसिक काम हो, निराश मानसिकताले यो काम गर्न कठिन हुन्छ । यो समाचारले सुकुना क्याम्पसको नगरपालिकामा वसोवास गर्ने मानिसले कस्तो महसुस गर्नु भएको छ मलाई धेरै राम्ररी थाहा छैन । यति थाहा छ ,पक्कै दुखित छन् ।


भ्रम कसरी आयो र यो के हो ?
भ्रम शिक्षकले दोहोरो सुविधा लिए भन्ने कान्तिपुरको अत्यन्त भ्रामक समाचार नियोजित रुपमा आएपछि ल्यायो । यो त्यसै आएन । सम्भवत यो सुकुनालाई धारासायी बनाउने षडयन्त्र र प्रपञ्चको उपजबाट आयो, कि त कुण्ठाले पोलेर आयो । यो हावारुपी हल्लाले कसैको कल्याण गरेको छैन । यो हावाले सामान्य मानिसमा हो रहेछ, पक्कै हो नि जस्तो बनायो भने हामीलाई म अपराधि हो कि के हो भनेर झस्कायो । क्याम्पसमा पढाउने मानिस कम्तिमा पनि मास्टर डिग्री गरेको मानिस हुन्छ । त्यो मास्टर नै हो । सामान्य मानिसमा परेको भ्रम हो कि स्थायी शिक्षकले क्याम्पसमा पढाउन नपाउनुपर्ने । यो छिटै लागिहाल्यो । शिक्षा नियमावलीको सोझा लाइनले झण्डै त्यस्तै भन्छ । पढनेले शिक्षा ऐन पढ्दा “विद्यालय समय बाहेक” भन्ने वाक्याशंलाई बुझेनन् वा बुझ्न चाहेनन् वा बुझेर पनि बुझ पचाए र एकोहोरो कराइ रहे, रटान लगाइ रहे र सामान्य मानिसलाई हो कि क्याहो भन्ने भान वा भ्रम पारिरहेका छन् । सँगसँगै मनमा पनि आयो ए म बेरोजगार छु, अव खाली हुन्छ कि क्या हो ? भन्ने पनि भयो । मेरा छोरा छोरी वेरोजगार छन् अव खाली भयो भने त पाइन्छ कि के हो ? भन्ने लाग्यो । वेरोजगारीको मुलुकमा यस्तो लाग्नु स्वभाविक पनि हो । तर सुन्नेहरूले र रटाइएकाहरूले योग्यता मिल्दैन, विषय मिल्दैन, मेरो पढाइ क्षमताले पुग्दैन, सक्ने क्षमता पनि छैन भन्ने लाग्दै लागेन । एम.फिल पास गरेका, पि.एच.डि.गरेका तिनै छन्, क्याम्पसका आवश्यक मान्छे हुन् भन्ने र प्राध्यापक हुने क्षमता हामी सबैको हुँदैन भन्ने कुरामा सामान्यतया मानिसको ध्यान जाँदैन ।
फेरी समाजमा अर्को पनि मनोविज्ञान छ । त्यो मनोविज्ञान भनेको अरुले दुइपैसा कमाएको देखी नसहने मनोविज्ञान । दुई तिर पढाए, तीन तिर पढाए, विहान पनि पढाए, दिउँसो पनि पढाए, वेलुका पनि पढाए, सेमिनारमा पनि गए, गोष्ठि पनि गरे, किताव पनि लेखे, कपि परिक्षण पनि गरे आदि आदि बाट कमाए भनेर आहारिसेहरूले हिसाव पनि गरे होलान् । योग्यता हुने, क्षमता हुने, अनुभव हुने र सीप हुनेले त यी सबै गर्छन् । तर उता कसैकसैलाई मनमा पूरै डडेलो लाग्यो र मन भतभत पोल्यो । यसरी आहारिस लाग्नु, डाहा लाग्नु र मन भतभत पोल्नु पनि स्वभाविक नै होला । यस प्रवृत्तिले पनि वेतुकको अफवाह फैलाएर आफ्नै घरछेउको कलेज भाँड्न सहयोग पु¥याएको छ ।
स्थापना कालदेखि पढाउदै आएको त्यो शिक्षक विद्यालयको समय भन्दा फरक समयमा विभागीय स्वीकृत लिने प्रकृया पुरा गरेर विधान, कानुन पुरा गरेर काम गरिरहेको हो भनेर कसैले भनिदिएन । फेरी स्थायी भनिएको छ ? झनै भ्रम फैलाइयो । योजनाकारको योजना गतिलै मान्नुपर्छ “समुदायको यो अस्थायी क्याम्पसको प्राध्यापकलाई सरकारी स्थायी भनियो” र झनै भ्रम सिर्जना गरियो ।
यस क्याम्पसको स्थायी भनेको के हो त ? । यो क्याम्पसले किन गर्यो त यस्तो ? कारण स्थायी भन्नुपर्ने क्याम्पसको वाध्यता हो । यो संस्थागत बाध्यता हो । यो वाध्यता प्राध्यापकको होइन । तपाईँलाई याद होला मानार्थ पिएच.डी. दिएको हुन्छ, पिएच.डि. होल्डर छ भन्नका लागि यस्तो पदवि दिइन्छ । यस क्याम्पसले उपप्राध्यापक पद केवल त्यस्तै मानका लागि मात्र मान दिएको हो । यो पद क्याम्पस भित्रलाई हो । यो उपप्राध्यापक पद त्रि.वि.ले मान्दैन । अन्य विश्वविद्यालयले पनि मान्दैनन् । यो स्थायी वा उपप्राध्यापक पद यहि क्याम्पसको चार दिवाल भित्रमात्र सिमित छ । यो अन्यत्र मान्य हुँदैन र यदि कसैले मान्य हुन्छ कि हुन्छ भनेर रटान लगाउँछ भने त्यस्तो रटान लगाउनेले मान्य बनाएर देखाउँदा हुन्छ । यसै क्याम्पसमा पढाएर त्रि.वि. आयोग पास गरेर सरकारी क्याम्पसमा पढाउन थालेका प्राध्यापकहरूपनि हाम्रा सम्पर्कमा हुनुहुन्छ । उहाँहरूको यहाँको महत्व गणना नै गरेन् र उता सुरुवाट थाल्नु भएको छ, तपाईँको सम्पर्कमा कोही भए सोध्न पनि सक्नुहुन्छ । यसको मतलव प्रष्ट हुन जरुरी यो छ कि हामी सुकुनाको मात्र उप—प्राध्यापक हो, र अन्यत्र यो लागू हँुदैन र मान्यता पनि पाईँदैन । यो विल्ला भयो विना पैसाको । मानै भयो भनि स्वीकारेको मान मात्रै हो । चाहेमा क्याम्पस परिषद् र सञ्चालक समितिले विधान परिवर्तन गरेर यो पद वा मानका लागि मान झिकि दिन सक्छ तर यसो गर्दा यसले गर्ने असर संस्थालाई हुन्छ, विद्यार्थी र समाजलाई गर्छ, सडकेलाई गर्दैन, आज जुलुस निकाल्ने विद्यार्थीले भोली जिम्मा लिन सक्दैन । निकट भविस्यमा नयाँ कार्यक्रम थप गर्दा कलेजमा कति उपप्राध्यापक छन् भनेर सम्बन्धन दिने निकायले सोध्दा के जवाफ दिने ? हामीले त त्यस्तो स्थायी वा उपप्राध्यापकहरू हटाइसक्यौ भनेर जवाफ दिनु पर्ला । अहिले भ्रमका रुपमा छरिएको माग यहि हो र यस मागलाई पुरा अव के के होला बेहोर्दै जानु पर्छ । यस सम्बन्धमा बुझेर वार्तामा बस्नुहोस् तपाईँले भनेको सङ्ख्यामा मात्र होइन यहाँ त्योभन्दा ठूलो संख्यामा सरकारी, नीजि तथा अन्यत्र आंगिक क्याम्पसका पनि बोलाएर ल्याइएका प्राध्यापकहरू हुनुहुन्छ । दोहोरो मात्रै होइन तेहेरो काम गर्ने, अन्य व्यवसाय गर्ने पनि हुनुहुन्छ । यसै क्याम्पसमा तीनओटा सिफ्टमा काम गर्ने प्राध्यापक हुनुहुन्छ । सबैलाई एक एक गरेर हटाएर र मानमर्दन बौद्धक मानिसले विश्वास गरेर यो ठाँउमा कसरी लामो समय टिक्लान । ठण्डा दिमागले सोचौँ त कता जाँदैछाँै हामी ? अव मेरो यहि लेख वेचेर पैसा आउँछ, तेहेरो कमाई हुन सक्छ, यसलाई पुस्तक बनाउन सक्छु तेहि बेच्छु र चौहोरो कमाइ बनाउँछु, अनुसन्धान गर्छु पैसा दिन्छन अनि लिन्छु अब भन्नुस त मेरो बुद्धि कसरी रोक्नुहोला ?


एकजना प्राध्यापकले विहान सिंहापुरमा, दिउसो, इन्डियामा र बेलुक नेपालमा पढाउन सकिने भर्चुृअल वल्र्डमा वुद्धि नियन्त्रण गर्न सकिएला त ? यो र अन्य क्याम्पसमा अरु पनि स्कुले प्राध्यापक हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको भरमग्दुर प्रयोग शिक्षा मन्त्रालयले गरेको छ, पैसा दिएर वोलाएर प्रोजेक्ट नै दिइराखेको छ । विश्वबैङ्कका प्रोजेक्ट प्राध्यापकहरूले नै चलाएका छन । यसै क्याम्पसको स्थापना गर्ने र पढाउने शिक्षकले यो क्याम्पस खोलेको समयमा नीजि विद्यालय वा कलेज खोलेको भए सुकुना क्याम्पस यसरी यो परिस्थितिमा आउने थिएन होला । शिक्षकको यो योगदानलाई त भ्रष्टाचारमा परिणत गरिदिने, त्योपनि कान्तिपुरको भ्रामक समाचारको पछि लागेर । एकै ठाउमा काम गर्ने कोहि छैन । हाम्रो पनि गल्ति भएकै छ । हामीले पढाएको भन्दा कान्तिपुरले “भ्रमपूर्ण समाचार शिक्षण विधि” बाट पढाएको पाठ दमदार रहेछ । यो मैले यसै घटनाबाट सिकेको पाठ हो । यसलाई भ्रम विधि पनि भन्न सकिन्छ । अथवा यसैलाई कुनै पार्टिले वा सङ्ठनले सहि हो भनिदियो भने आझै प्रभावकारी हुने रहेछ । अथवा “राजनीतिक शिक्षण विधि” मा बदलिने रहेछ र झनै ससक्त हुने रहेछ । यी अनुसन्धान गर्ने विद्यार्थीकालागि धेरै उपयोगी विधि हुन सक्छन । भ्रमको गति छिटो हुन्छ भन्ने चै मैले सुनेको थिए र धेरैपटक कक्षामा पनि भनिसकेको थिए । सुकुनामा यि विधिले राम्ररी काम गरिरहेको छ । तर प्रश्न यति हो कि किन सुकुनामा नै आँखा लागे त ? यो कुरा त देशकै हो । त्यसैले सुकुनाको संरक्षणमा लाग्ने समुदायले सचेतता अपनाउन जरुरी देखिन्छ । अहिले प्राध्यापक नै मारमा छन, उनीहरूलाई गाली गलोज गरिदैछ र स्तब्ध बनाइएको छ ।
सुकुनाको सवालमा उपप्राध्यापक पद अखवारमा उल्लेक भएकै आधारमा नदेओस् भन्ने लागेको हो भने र जायज छ भन्ने लागेको हो भने विना पैसाको पद म आजैबाट फिर्ता गर्न चाहान्छु । सम्बन्धीत पक्षले आज नियुक्ति गरी भोली नै उपप्राध्यापक बनाउँदा हुने लाजको पसारो पनि लिन तयार हुनु प¥यो । जहासम्म लाग्छ यी सबै घट्नाको योजना राजनीतिक नै हो । यस्तो सल्लाहबाट बढने हो भने विडम्बना वाहेक केहि हँुदैन । समाचारमा टिपाउन रुची राख्ने योजनाकार र सल्लाहकारले पनि कुनै क्याम्पस पढाएको सुनिएको छ । यस्तै सोचबाट होला उहाले पढाएको कलेजमा स्नातकोत्तर कार्यक्रम बन्द भइसकेको छ, र QAA प्राप्त गर्न सकेन । सुकुना क्याम्पस त्यस्तै बनाउने हो त ? सुकुनाले त एकबर्ष भित्र QAA नविकरण पनि गर्नुपर्ने छ । हामी निकै अप्ठ्यारो मोडमा आइसक्यौँ । अब यो अफ्टेरोको जिम्मा कस्ले लिने हो ? अब प्राध्यापक संस्थाकालागि भनेर सित्तैमा राति २ बजे र ३ बजेसम्म यो मानसिकताबाट काम गर्लान त ? यस प्रकारका हर्कत सफल हुने हो भने सबै एम.फिल गरेका, पि.एच.डि.गरेका प्राध्यापक तपाइले मागेर होइन, आफै विदा लिन सक्ने खतरा दिनानु दिन बढिरहेको छ ? उ अर्कोतिर सजिलै विक्छ र अर्कोले लाभ लिन्छ । त्यसैले यो जे भइरहेको छ दिशाहिन यात्रामा गइरहेको छ ।
क्याम्पसको विधान छ, सम्बन्धित नियमनकारी निकाय छ । शिक्षा विभागले दिएको स्वीकृती छ अनि दोहोरो भनेकै आधारमा रद्धिको टोकरीमा हाल्ने ? आफै व्याख्या गर्ने हो भने, हाम्रा विद्यार्थीले विहान पढेर दिउसो कही काम गर्छन, एकै दिन दुइओटा काम कसरी भयो ? भन्ने प्रश्न आयोभने भने हाम्रा विद्यार्थीका सर्टिपिकटको हालत के हुन्छ ? सर्टिपिकेट रद्ध गर्नुपर्ने माग पनि नलेउलान भन्न सकिएन । बजारमा पसल गर्ने र घडेरी व्यापार पनि गर्ने पनि दोहोरो मान्नुपरेन ? विहान जोतेर दिउसो विद्यालयमा शिक्षण गर्न पाइने कि नपाइने आदि थुप्रै प्रश्नहरू अगाडि आइरहेका छन् ।
प्रध्यापन पेशा सजिलो छैन । उनीहरूपनि संरक्षण जुन संस्थामा काम गर्छन त्यस संस्थाबाट संरक्षण चाहान्छन् । नितान्त यसै क्याम्पसमा भर पर्ने प्राध्यापकलाई सुकुनाको स्थायी भोली उपयोगी हुन सक्छ । भोली कथङकदाचित यो क्याम्पस सरकारी क्याम्पस भयो भने र प्राध्यापकलाई पनि समायोजन गर्ने भन्यो भने विद्यालयका शिक्षकले दुइतिर सरकारी स्थायी नपाउने नै हो । कतै अडिन नसकेका साथीहरूको भरथेग भइ उहाँहरुको कल्याण गर्न सकिन्छ कि भनेर क्याम्पसले सिर्जना गरी दिएको पद मात्र हो यो उपप्राध्यापक वा स्थायी भनिएको चिज । विद्यालय तर्फका शिक्षकलाई यसबाट एक पैसा पनि थप रकम दिईँदै दिईँदैन । थपेर खाए भन्ने पत्रकारलाई भनिदिने को हो ? उसले यसको जवाफ दिन्छ त ? उसले भनेकै सत्यहो भने हामीले केहि रकम अझै पाउनुपर्ने देखियो । बास्तविकता के हो भने यसै क्याम्पसमा मात्र भर पर्ने प्राध्यापकहरूलाई भने स्थायी भएवापत सञ्चयकोषको रकम दिने क्याम्पसको नियम छ । यो क्याम्पसको आफ्नै नियम हो तर परिषदले पास गरेर बनाएको । त्योपनि स्रोतले पुग्ने भएमा पुगेन भने तलवै घट्छ सञ्चयकोष कहाँबाट खाने ? त्यसवेला प्राध्यापकले झोला बोकेर खाली हात र खाली खल्ति हिड्नुपर्ने हुन्छ । त्यसवेला पनि सरकारले केहि गदैन । हेर्नुहोस् त प्राध्यापकको विजोग । थोरै आशा छ, धेरै निराशा ।
धन्यवाद ।

Facebook Comments
Show More

Related Articles