nirantarkhabarशिक्षा-स्वास्थ्यसमाचार

प्रदेश दुईमा एसईई अन्तर्गत विज्ञान विषयको परीक्षा रद्द

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत १४, । प्रदेश नं २ मा एसईईको अनिवार्य बिज्ञान विषयको परिक्षा रद्द भएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले बिहीबारको अनिवार्य विज्ञान विषयको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको हो ।

बिहिबार सन्चालन हुने अनिवार्य बिज्ञान बिषयको प्रश्नपत्र सप्तरीमा बुधबार राति नै बाहिरिएको थियो । बोर्डको बैठकले नियमित सञ्चालन भएको विज्ञान विषयको परीक्षा रद्द गरेर चैत २२ गते फेरि लिने निर्णय गरेको छ ।

साथै चार सदस्यीय छानबिन समिति गठन पनि भएको छ । बोर्डका सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिनुभयो । समितिले १५ दिनभित्र प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर बोर्डलाई प्रतिवेदन पेश गर्नेछ ।

Facebook Comments
Show More

Related Articles