शिक्षा-स्वास्थ्यसमाचारसमाज

बेलबारीमा भेटीयो कुष्ठरोगी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले सन्चालन गरेको स्वास्थ्य सिबिरमा १ जना कुष्ठरोगी भेटिएको छ । केसेनी स्वास्थ्य चौकीमा सन्चालन भएको कुष्टरोग पत्ता लगाउन चर्मरोग बिशेषज्ञ स्वास्थ्य सिबिरमा आएका मध्ये १ जनामा कुष्ठरोग भेटिएको हो ।
उक्त स्वास्थ्य सिबिरमा २सय ५० भन्दा बढि ब्यक्तिले स्वास्थ्य जाँच गराएकोमा २ सय जनामा छाला संबन्धी रोग भेटिएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तोष विस्वकर्माले जानकारी दिए । कुष्ठरोगीको उपचार समेत सुरु गरिएको विस्वकर्माले जानकारी दिए । बरिष्ठ छालारोग बिशेषज्ञ घनश्याम झा द्वारा सिबिरमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
मंगलबार संपन्न सिविरको उद्घाटन नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

Facebook Comments
Show More

Related Articles