nirantarkhabarमनोरञ्जनसमाचारसमाज

बेलबारी जेसिजको होली मिलन कार्यक्रममा प्रमोद खरेल

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

७ चैत्र, बेलबारी । मोरङको बेलबारी जेसिजले होली मिलन तथा नवबर्ष २०७६ सालको सुभकामना आदानप्रदान कार्यक्रम संपन्न गरेको छ । फागुपुर्णिमाको अवसरमा बेलबारी जेसिजले चैत्र ७ गते बिहिबार बेलबारी ३ मा रहेको पश्चिम बस बिसौनीमा सामाजिक सद्भाव सहितको होली मिलन तथा नवबर्ष २०७६ सालको सुभकामना आदानप्रदान कार्यक्रम संपन्न गरेको हो ।

उक्त कार्यक्रममा राष्टिय कलाकार प्रमोद खरेलले झुमा झुम्कावाली, चल बतास चल, लागि लागि लगायतका केहि गित गाएर स्थानीय उपस्थित हजारौ युवाहरुलाई नचाएका थिए । कार्यक्रममा स्थानीय केहि डान्स सेन्टर तथा कलाकारहरुले समेत प्रस्तुती देखाएका थिए ।

जनप्रतिनिधि लगायत स्थानीयलाई सहभागि गराएर नशारहित होलीमिलान कार्यक्रम गरिएको बेलबारी जेसिज बर्ष २०१९ का अध्यक्ष दिपेन्द्र खुलालले बताए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका बेलबारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र सुवेदीले यस्ता रचनात्मक कार्यक्रमहरुमा नगरपालिकाको सहयोग रहने बताए । कार्यक्रममा बोल्दै सुन्दरहरैचा नगरपालिका प्रमुख मेयर शिव ढकालले युवाहरुले गर्ने यस्ता कार्यहरुमा स्थानीय सरकारले पनि साथ दिनुपर्ने बताए ।

Facebook Comments
Show More

Related Articles