nirantarkhabarखेलकुदसमाचार

मेची नेत्रालय झापा माईभ्याली गोल्डकपको सेमिफाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

इलाम । मेची नेत्रालय झापा, माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलाममा जारी पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा शुक्रबार भएको खेलमा पहिलो संस्करणको विजेता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित र अतिरिक्त समयमा समेत १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरबाट विजेता निर्धारण गरिएको थियो । टाइब्रेकरमा झापाका विक्रम लिम्बू, योगेङ गुरुङ, विशाल राई र मिलन राईले गोल गरे भने भिक्टरको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाउ गरेका थिए । आर्मीका तर्फबाट भने विकास तामाङ, रुपेश क्षेत्री र दीपकुमार लामाले गोल गरे । विवेक बस्नेतको प्रहार झापाका गोलरक्षक दिनेश थापा मगरले बचाउ गरेका थिए भने युद्ध शाहीको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो ।

सुरुवाती लिएको अग्रता आर्मीले खेल अवधिभर टिकाउन नसक्दा हार ब्यहोर्नु परेको थियो । आर्मीले दिपेन्द्र कार्कीको गोलबाट दोस्रो हाफको ५७ औं मिनेटमा अग्रता लिएको थियो । ८५ औं मिनेटमा झापाका विकास राईले हेडरमार्फत गोल गरी खेल बराबरीमा ल्याए । त्यसपछिको समय र अतिरिक्त समयमा समेत गोल नभएपछि टाइब्रेकरमा विजेता निर्धारण गरेको थियो ।

शनिबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र विदेशी टिम क्यामरुनको दाउफिन्स क्लब आमनेसामने हुँदैछन् ।

Facebook Comments
Show More

Related Articles