nirantarkhabarखेलकुदसमाचार

साफ महिला च्याम्पियनसिपमा अन्तिम चार टोलिको टुंगो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बिराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा अन्तिम चार टोलिको टुंगो भएको छ । विराटनगरमा जारी प्रतियोगितामा शुक्रबार माल्दिभ्स श्रीलंकासँग २–० गोल अन्तरले पराजित भएसँगै सेमिफाइनल पुग्ने ४ टोलिको टुंगो भएको हो ।

माल्दिभ्स श्रीलंकासँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम भएको छ । यसअघि समूह ए बाट भुटान दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । सेमिफाइनलमा समूह ए बाट नेपाल र बंगलादेश तथा समूह बी बाट भारत र श्रीलंका अन्तिम चारमा प्रवेश गरेका छन । सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागे पनि समूह विजेता र उप विजेताको भने समूह चरणको अन्तिम खेलबाट हुने छ ।

प्रतियोगिता अन्तर्गत शनिबार नेपाल र बंगलादेशबीच हुने खेलको नतिजाले समुह बिजेताको टुंगो हुने छ ।

Facebook Comments
Show More

Related Articles