nirantarkhabarबिबिधसमाचार

२०७६ सालमा सार्वजनिक विदा १५ दिन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१ चैत, काठमाडौं । बि.सं. २०७६ सालमा सरकारले १५ दिन सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो । यो बिदा देशैभरी लागु हुने विदा हो ।

कुन कुन दिन परे सार्वजनिक बिदा
नयाँ वर्षका दिन वैशाख १ गते आइतबार
विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार
जेठ ४ गते शनिबार
असोज ३ गते शुक्रबार संविधन दिवस
असोज १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन
कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन
फागुन ९ गते शुक्रबार महाशिवरात्री
फागुन २५ गते आइतबार अन्तर्रा्ष्ट्रिय महिला दिवस
फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार

अन्य बिदा
महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन
जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीलाई असोज ५ गते आइतबार
अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्रा्ष्ट्रिय अपांगता दिवस
शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमी
काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन (साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्रा)
कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई
कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई
किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा)का दिन जेठ ४ गते शनिबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार
सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार
मधेसमा कात्तिक १६ गते शनिबार छठ पर्व
इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार
गुरुङ समुदायलाई तमु ल्होसारमा पुस १५ गते मंगलबार
माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई
तामाङ समुदायलाई माघ ११ गते शनिबार सोनम ल्होसार
हिमाली आदिवासी शेर्पाहरुलाई ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार

Facebook Comments
Show More

Related Articles