समाचार

राष्ट्रपति भण्डारीका लागि ओछ्याइएको कार्पेटमा कहाँबाट आयो सर्प ?

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत १

राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३ औं अधिवेशन सहभागी भएर शुक्रबार स्वदेश फर्कने क्रममा ओछ्याइएको रेड कार्पेटमा एका एक सर्प देखा परेको छ । उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो । तर, राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प रेड कार्पेटमा दौडियो । राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका मिडिया प्रतिनिधि नजिकबाट निस्किएको सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गएको थियो । अचानक सर्प आइपुग्दा हतारिएका मिडियाकर्मी र सुरक्षाकर्मीलाई छल्दै सर्प भने झाडीमा पसेको थियो ।

अन्नपुर्णपोस्टबाट

Facebook Comments
Show More

Related Articles