समाचार

श्रमिक महिला समुहको आयोजनामा बेलबारीमा उद्घोषण तालिम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

चैत १
श्रमिक महिला समुह बेलबारीको आयोजनामा शुक्रबार बाट ५ दिने उद्घोषण तालिम सुरु भएको छ । उद्योग वाणिज्य संघ बेलबारीको सभाहलमा आयोजित कार्यक्रममा तालिमको उद्घाटन भएको हो । बेलबारी नगरपालिका वार्डनम्बर १ का वडाध्यक्ष चक्र खुलालले तालिमको उद्घाटन गर्नुभएको हो । बेलबारी वार्डनम्बर १ को सहयोगमा सूरु भएको तालिममा ४० जना महिलाले सहभागिता जनाएका छन् । तालिमको सहजीकरण सिमा बस्नेतले गरिरहनुभएको छ । तालिमले सहभागीहरुमा वाक कलाको विकास भएर यसले व्यक्तित्व विकासमा समेत सहयोग पुर्याउने वडाध्यक्ष चक्र खुलालले बताउनुभयो । महिलाहरुमा बोल्ने कलाको विकास गराउँदै कुशल उद्घोषण सिप सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक श्रमिक महिला समुहकी अध्यक्ष नितु थापाले जानकारी दिनुभएको छ ।

Facebook Comments
Show More

Related Articles