समाचार

बेलबारी नगरपालिकाको घोषणा : धिमाल यहाँको पहिलो जाति हो

बसोबास गरेको पृष्ठभुमिका आधारमा धिमाल पहिलो जाति : नगरप्रमुख सुवेदी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन ३०

मोरङको बेलबारी नगरपालिकाले धिमाल जातिलाई आफ्नो नगरकै प्रथम जाति घोषणा गरेको छ । नगरपालिकाको प्रथम जातिको प्रमाणपत्र पनि प्रदान गरेको छ । नगरपालिकाले धिमाल जातिय विकास केन्द्रको बेलबारी नेतृत्वलाई प्रमाणपत्र प्रदान गरेको हो । धिमाल जातिय विकास केन्द्र धिमाल जातिको उत्थान र संस्कृति संरक्षण लगायत उद्देश्यले खोलिएको संस्था हो ।
बेलबारी नगरपालिकामा बिहिबार एक कार्यक्रम गरी धिमाललाई पहिलो जाति घोषणा गरिएको हो । नगरपालिका स्थित आदिवासी जनजाति सभाहलमा आयोजित ‘धिमाल प्रथम जाति घोषणा तथा अभिनन्दन समारोह’ सो मार्फत घोषणा गरिएको हो । बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र पुर्व सांसद हर्कमान तामाङले केन्द्रका नगर कार्यसमितिका अध्यक्ष कबिन्द्र धिमाललाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न जातीय संगठनका प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
दुई सय वर्ष भन्दा अगाडि देखिनै बेलबारीमा बसोबास गरेको पृष्ठभुमिका आधारमा धिमाल जातिलाई पहिलो जातिको रुपमा घोषणा गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । वि.सं. १८६२ देखिनै तराईका जिल्लाहरुमा धिमाल जातिको बसोवास रहेको किवदन्ती रहेको पाइन्छ । बेलबारीको ऐतिहासिक क्षेत्रका नाम समेत धिमाल जातिको नाम रहेको पाईन्छ । धिमाल जातिय विकास केन्द्रका संस्थापक अध्यक्ष एवम् पुर्व अञ्चलाधिस कर्ण वहादुर धिमालका हजुरबुवा बैसार धिमालले विक्रम संम्वत् १९३६ मा वक्यौता तिरेको भुमिकरको रसिदको प्रमाण समेत भेटिएको मेयर सुवेदीले बताए ।
नगरकार्यपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले धिमाल जातिलाई प्रथम जाती घोषणा गर्ने आधार सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । नगर कार्यपालिकाको निर्णय अनुसार प्राचीन कालदेखि बसोबास गर्दै आएका धिमाल जातिलाई प्रथम जाति घोषणा गरिएको सुवेदीले बताए । बेलबारीमा पहिलोपटक बसोबास गर्ने धिमाल जाति रहेको प्रसस्त आधार रहेको र धिमाल भाषाबाटै कैयौं स्थानको नामाकरण भएको सुवेदीले बताए ।
सो अबसरमा नगरपालिकाले धिमाल जातिका दुई जना जेष्ठ नागरीकलाई समेत सम्मान गरेको छ । ८७ बर्षिया बनाइ धिमाल र ९१ बर्षिय पृथिलाल धिमाललाई जनही पाँच पाँच हजारका दरले नगद सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।
नगरपालिकाले पहिचान गरेर धिमाल जातिलाई प्रथम जाति घोष्णा गर्दा स्थानिय सरकार छ भन्ने आदिवासीहरुलाई प्रभाव परेको आदिवासी जानजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राईले बताए । धिमालहरु नै नगरको पहिलो आदिवासी भएको उनले बताए ।
कार्यक्रममा पुर्व सांसद हर्कमान तामाङ , नेकपा बेलबारीका नगर संयोजक इरन राई, जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राई, शिक्षक महासंघ बेलबारीका अध्यक्ष गोबिन्द भण्डारी लगायतले बोलेका थिए ।

Facebook Comments
Show More

Related Articles