nirantarkhabarखेलकुदसमाचार

बेलबारी बास्केटबल क्लबद्वारा निर्मित बास्केटबल कोर्डको उद्घाटन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल ।
फाल्गुन ३०,बेलबारी । बेलबारी बास्केटबल क्लबद्वारा निर्मित बास्केटबल कोर्डको विधिवत रुपमा उद्घाटन भएको छ । मोरङको बेलबारी ४ मा रहेको बास्केटबल कोर्डको बिहिबार एक कार्यक्रमको आयोजना गरी विधिवत रुपमा उद्घाटन गरीएको हो ।

बास्केटबल कोड समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका हुन । कोड समुद्घाटन कार्यक्रमको अवसरमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिताको समेत आयोजना संपन्न भएको छ । मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा आयोजक बेलबारी बस्केटबल क्लब र तरहरा बास्केटबल क्लबबिच प्रतिस्पर्धा भएको थियो । मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा तरहरा बास्केटबल क्लब बिजेता बनेको छ भने आयोजक उपबिजेता भएको छ ।

बेलबारी बस्केटबल क्लबका अध्यक्ष सन्दीप राईको सभापतित्वमा भएको कार्यक्रममा बेलबारी वडा नं ४ का वडाअध्यक्ष राम कुमार राई, १ नंबर प्रदेश खेलकुद बिकास समिति सदस्य राजन प्रसाई, आदिवासी जनजाती महासंघ बेलबारी अध्यक्ष तिलक राई लगायत खेलकुदप्रेमी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो । बेलबारी बास्केटबल क्लबका सह–सचिव सामेल याख्याले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments
Show More

Related Articles