nirantarkhabarसमाचार

बेलबारीमा भेटिएको संकास्पद बस्तु बम नभएको पुष्टि

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।
मोरङको बेलबारी ८ र १० को सिमानामा पर्ने चिसाङ खोला र पेटोलपप्प जाने बाटोको बिचमा राखिएको संकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका दिन भेटिएको संकास्पद बस्तु बम भएको आसंका गरिएपनि नेपाल आर्मीको पुर्वी पृतना इटहरीकोे बम डिस्पोजल टोलीले जाँच गर्दा कुकर भित्र साबुन र तार राखिएको भेटिएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख इन्सपेक्टर राम कुमार राइले जानकारी दिए ।

सडकको बिच भागमा कुकरमा रातो टेपले बाँधेर करिब २० मिटरको तार समेत जोडीएको अवस्थामा संकास्पद बस्तु भेटिएको थियो । सो क्षेत्रमा केहिबेर सवारी आवागमन समेत बन्द भएको थियो ।

Facebook Comments
Show More

Related Articles