nirantarkhabarखेलकुदसमाचार

नेपाल साफ महिला च्याम्पियनसिपको एक खेल अघिनै सेमिफाइनलमा, बंगलादेशले भुटानलाई २–०ले हरायो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन ३०, बिराटनगर । साफ महिला च्याम्पियनसिपमा बंगलादेशले भुटानलाइ हराएसँगै नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई २–० गोलले हराएपछि नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साथै बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाउन सफल भयो । विराटनगरको शहीद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको सुरुवातमा नै बंगलादेशले खेलमा अग्रता बनायो । झक्माको कर्नर बलमा मौसमीले बंगलादेशका लागि गोल गरिन् । भुटानका डिफेन्डर र गोलकिपर डी बक्समा अलमलिएको अवस्थाको फाइदा उठाउदै बंगलादेशले गोल गर्न सफल भयो । ८६ औं मिनेटमा सविना खातुङले एकल प्रयासमा गोल गरेपछि बंगलादेशले खेलमा दुई शून्यको अग्रता बनायो ।

लगातार दुई खेलमा हार ब्यहोरेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने अब समूह ए को विजेताको टुंगो नेपाल र बंगलादेशबीचको शनिबारको खेलले गर्नेछ । प्रतियोगितामा शुक्रबार माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments
Show More

Related Articles