nirantarkhabarसमाचार

काँग्रेस सभापति लगायतका केन्द्रिय नेताद्वारा सिर्जना पार्कको अवलोकन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल
फाल्गुन २९, बेलबारी । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका केन्द्रिय नेताहरुले मोरङको बेलबारी १० मा रहेको सिर्जना पार्कको अवलोकन गरेका छन । बुधबार नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री देउवा पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रसका उपसभापति विजय कुमार गच्छदार, पुर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री तथा पाटी उसभापती बिमलेन्द्र निधि, पार्टीका महामन्त्री तथा पुर्व गृहमन्त्री पुर्ण बहादुर खड्का, पुर्वमन्त्री तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत लगायत नेपाली कांग्रेसका नेताहरु द्वारा सृजना पार्कको अवलोकन भ्रमण गरेका हुन ।

सिर्जना सामुदायीक वनको क्षेत्रमा गत फागुन ४ गते देखी २१ गते सम्म सिर्जना अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला सन्चालन भएको थियो । पार्क निर्माणका लागि ढुंगाका मुर्तिहरु बनाउन १८ दिन सम्म चलेको कार्यालशालामा नेपाल सहित ६ देशका मुर्तिकारहरु सहभागि भएर मुर्ती बनाएका थिए ।

सिर्जना सामुदायिक वन उपभोक्ता समुहको ३३ विगाहा जग्गामा निर्माणधिन पार्कमा पहिलो चरणमा मुर्तिहरु निर्माण गरिएको हो । कार्यशालामा नेपाल सहित भारत, जापान,जर्मनी, बंगालादेश, ईटालीका समेत गरी ४२ जना कलाकारले मुर्ती बनाएका छन ।

Facebook Comments
Show More

Related Articles