nirantarkhabarखेलकुदसमाचार

हिमालयन शेर्पा माई भ्याली गोल्डकपको सेमिफाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन २९, इलाम । हिमालयन शेर्पा माई भ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबलाई ३–१ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौ संस्करणको अन्तर्रा्ष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुधबार भएको खेलको १४ औँ मिनेटमा नै थ्रीस्टारका कप्तान अनिल गुरुङले गोल गरी थ्रिस्टारलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता पाँच मिनेट पनि टिकेन । १९ औँ मिनेटमा हिमालय शेर्पाका विजय श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए । हिमालयन शेर्पाले ६८ औँ मिनेटमा दोश्रो गोल गर्याे । ७५ औँ मिनेटमा पुनः हिमालयन शेर्पाका सुनिल खड्काले गोल गर्दै टिमलाई ३–१ को जित निश्चित दिलाए ।

बिहीबार तेश्रो क्वार्टरफाइनलमा मेची नेत्रालय झापाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मीको सामना गर्नेछ ।

Facebook Comments
Show More

Related Articles